गाेरखा- जनता समाजवादी पार्टी (जसपा)का सघिंय परिषद अध्यक्ष एवं प्रतिनिधि सभा क्षेत्र नं. २ का सांसद डा. बाबुराम भट्टराईले जिल्लाका दुई स्थानीय तहमा राहात उपलब्ध गराएका छन् ।
जिल्लाका अजिरकाेट र बारपाक-सुलिकाेट गाउँपालिकाका काेभिड-१९ र बाढी पहिराेबाट प्रभावित भएका जनताहरूलाई खाध्यन्न सामाग्री उपलब्ध गराएका हुन् ।
पार्टीका अजिरकाेट गाउँपालिका अध्यक्ष मनबहादुर तामाङका अनुसार सांसद भट्टराईले करिब सय घरका प्रभावितलाई राहत सामाग्री उपलब्ध गराएका हुन् । पार्टी कार्यलय गाेरखा र सांसद भट्टराईकाे विषेश पहल कााेभिड १९ र बाढी पहिराेबाट पिडित जनताहरुलाई राहत उपलब्ध गराएका हुन् ।
बारपाक सुलिकाेट र अजिरकाेटका सय घरधुरीलाई एक-एक बाेरा चामलका साथमा अन्य सामाग्रीसमेत वितरण गरिएको पार्टीले जनाएकाे छ । सांसद डा भट्टराई हरेक महिनाकाे एक निर्वाचन क्षेत्रमा जिल्ला आउने कार्यक्रम काेराेनाका कारण स्थगित भएकाे भन्दै काेराेना कहर सकिएपछि जनताकाे घरमा आउन आत्तुर रहेकाे बताएका छन् ।
डा भट्टराई २०६४ मा निर्वाचित भएपछि हरेक महिना जिल्ला आउने कार्यक्रम सुरू गरेका थिए ।
प्रतिक्रिया