+
Search

ताजा अपडेट +

पपुलर +

ओलीप्रति संकेत गर्दै नेपालले भने- फर्केर प्रधानमन्त्री बन्छु कि भनेर कसैले जालझेल र षड्‍यन्त्र नगरोस्

4KNationalDaily
२०७८ श्रावण १६, शनिबार १६:२० बजे

काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधव नेपालले फेरि पनि प्रधानमन्त्री बन्न बन्छु कि भन्ने ठानेर जालझेल नगर्न चेतावनी दिएका छन्।

‘यो प्रतिनिधिसभालाई विघटन गर्ने फेरि दुस्साहस अब कसैले नगरोस्,’ शनिबार राजधानीमा अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘फेरि पनि फर्केर प्रधानमन्त्री बन्छु कि भन्ने ठानेर जालझेल, षड्यन्त्र कसैले नगरोस् । जे गर्नु छ, पारदर्शी तरिकाले हुनेछ ।’

नेता नेपालले सर्वोच्चको फैसलाले संविधानको रक्षा गरेको र सांसदहरूले पनि आफूलाई जोगाउन संघर्ष गरेको बताए।

‘भर्खरै सर्वोच्च अदालतले जुन फैसला गरेको छ, त्यसले लामो समय संवैधानिक बाटोमा गएको देशलाई, लोकतान्त्रिक आन्दोलनको प्रवाहलाई ठीक बाटोमा ल्याउने काम गरेको छ,’ उनले भने, ‘संविधानको संरक्षण गरेको छ, सहि व्याख्या गरेको छ। र, ती सबै सांसदहरू, प्रतिनिधिसभाका सदस्यहरू जसले संविधानको रक्षा गर्न, प्रतिनिधिसभाको रक्षा गर्न र आफैलाई जोगाउन रोकेका छन् भोट खसालेर।’

फेरि राजतन्त्र कसैले फर्काउन चाहे त्यो आफूलाई सह्य नहुने उनको चेतावनी छ। ‘राजतन्त्र फर्केर फेरि आउने छैन पनि। ल्याउन कसैले कोसिस गर्छ भने गर्तमा फ्याकिने,’ उनले भने, ‘हामीले रगत बगाएर ल्याएको संविधानको रक्षा गर्छौं हामी । यो संविधान कसैले कुल्चने कोसिस गर्छ भने त्यो हामीलाई सह्य छैन् ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily