काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ। बैठक आज (आइतबार) बिहान ११ बजे पेरिसडाँडामा बस्ने गरी बोलाइएको एक नेताले बताए। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने उनको भनाइ छ।
आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामसमेत टुंगो लगाउने जनाइएको छ। पार्टीभित्र आन्तरिक संघर्ष जारी रहेको भन्दै नेकपा एमाले माधव नेपालपक्षले अहिले नै सरकारमा सहभागी हुन अनिक्षा व्यक्त गरेको जनाउँदै त्यस्तो अवस्थामा कांग्रेसले ८, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट सात-सात मन्त्री बन्नेछन्।
यसिअघि शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो। सो अवसरमा केही दिनभित्रै सत्तासाझेदार दलबीच छलफल गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमति भएको जनाइएको छ। असार २९ गते प्रधानमन्त्रीमा शपथ लिएका देउवाले हालसम्म पनि सरकारलाई पूर्णत दिन नसकेको भन्दै उनको आलोचना हुन थालेको छ।
माओवादीबाट काे काे बन्दै छन् मन्त्री
माओवादीबाट मन्त्री बन्न आंकाक्षीको सुचि लामो छ । पार्टीभित्र नयाँ अनुहारलाईमात्र सरकारमा पठाउन दवाव भईरहेको समयमा पटक-पटक सत्ताको नजिक पुगेका नेताका कारण मन्त्री छान्न असहज भएको हो ।
माओवादीबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे, शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी र शिवकुमार मण्डल मन्त्रीकाे लाइनमा छन् । सम्भवत आजको बैठकमा सरकारमा सहभागी हुनेको नाम टुंगो लगाउने तयारी गरिएकाे छ ।
प्रतिक्रिया