गोरखा- अजिरकोट गाउँपालिकामा पर्ने अजिरकोट एक पर्यटकीय, ऐतिहासीक एवं धार्मिक तथा सांस्कृतिक धरोहरको रुपमा रहेको छ । जिल्लामा प्राचिन ३८ कोटहरु छन् त्यसमध्ये अजिरकोट एक हो ।

अजिरकाेट गाउँपालिका वडा न २ काे औले माडीमा रहेको गोठ
तल्लो मनास्लु कोट मार्गमा पर्ने अजिरकोट भच्चेक, नम्की, सिरानडाँडा, चित्रे, दमाहपातल, नागेक्षेत्र, माडिक्षेत्र, दुधपोखरी, नारदपोखरी, मनास्लु हिमालको मनोहर दृश्यको अवलोकन गर्न सकिन्छ । कोटमार्गको लिलिककोट, सिरानचोककोट, अजिरकोट, सिम्जुङकोट र अपुनकोट प्रसिद्ध छन् ।

बालुवा बजार
थेरै समथर टारहरु र अधिकाश पहाड हरियाली वातावरण र हावापानी रहेकाे जैविक विविधताले भरिपूर्ण यस गाउँपालिका हावापनीको दृष्टिले मात्र हैन साँस्कृतिक दृष्टिले समेत सबै जात जाती वर्ग र समुदायका सयुक्त बसोवास रहेके छ ।
जसमा ब्राम्हण क्षेत्री अदिवासीहरु जसमा घले शेर्पा गुरुङको बसोवास रहेको छ । थोरै समथर टारहरु र अधिकांश पहाडी हरीयाली वातावरण र हावापानी रहेको, जैविक विविधताले भरीपूर्ण यो अजिरकोट गाउँपालिका हावापानीको दृष्टिले मात्र हैन ब्राम्हण, क्षेत्री, आदीबासीहरु घले, शेर्पा, गुरुङ्ग, तामाङ्ग, नेवार, दलित लगायतका जातजातीको संयुक्त बास रहेको यो भूमी सांस्कृतिक दृष्टिले समेत विवधता र सम्भावनाले भरीपूर्ण रहेको छ ।
गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा पर्ने अजिरकोट एक पर्यटकीय, ऐतिहासीक एवं धार्मिक तथा सांस्कृतिक धरोहरको रुपमा रहेको छ । गोरखा जिल्लामा प्राचिन ३८ कोटहरु छन् त्यसमध्ये अजिरकोट एक हो । तल्लो मनास्लु कोट मार्गमा पर्ने अजिरकोट भच्चेक, नम्की, सिरानडाँडा, चित्रे, दमाहपातल, नागेक्षेत्र, माडिक्षेत्र, दुधपोखरी, नारदपोखरी, मनास्लु हिमालको मनोहर दृश्यको अवलोकन गर्न सकिन्छ । कोटमार्गको लिलिककोट, सिरानचोककोट, अजिरकोट, सिम्जुङकोट र अपुनकोट प्रसिद्ध छन् ।
यस क्षेत्र पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको क्षेत्र हो । यो मार्गबाट दुधपोखरी र नारदपोखरी तथा मनास्लु हिमशृङ्खला जान सकिन्छ । दुधपोखरी, सिरानडाँडा, दोबाटो, ठुलोखर्क, निम्चेपोखरी, जम्ल्याहा खोला, गल्छी, राम्दीको चौतारा, धुपीखोला, मपुरमाडी, तुईखर्क, बाङ्गे रह, खहरेको उकालो र धर्म गौडा भएर पुग्न सकिन्छ ।
नारदपोखरी पनि सिरानडाँडाबाट दोबाटो, पौनडाँडा, नाजीखर्क, नागेपोखरी, डिलको ओडार, तपिडाँडा, सिरानखोला, मार्कसेमाडी, पौखोला, चिलिमखरे ओडार, बौलाखोला, चरममाडी हँदै पुग्न सकिन्छ । दुधपोखरी र नारदपोखरीमा जनैपूर्णिमामा धार्मिक मेला लाग्ने गर्दछ ।

भच्चेक बजार
दुधपोखरी र नारदपोखरी माथिसम्म पनि भेडाखर्क देखिन्छ । हिमाली क्षेत्र जडिबुटीको खानी हो । यस क्षेत्रमा सतुवा, वनलसुन, पाँचआँले, नीरमसी, जटामसी, भुतकेश, यार्सागम्बा, पाखनभेद, रथविरथ, जस्ता अनगिन्ती जडिबुटी पाईन्छ । वनस्पतिमा गँरास, चिमल, चाँप, धुपी, भोजपत्र आदि पाईन्छ । फलफुलमा भुँइचुत्रो, भोटेचुत्रो, भक्याम्लो, काफल, मेल, नाल्चे फलफुल पाईन्छ । तरकारीमा निउरो, टुसा, कन्य च्याउ, खोचे, वनलसुन, साग, सिस्नो, खोलसाग, जेठीसाग, ठोट्ने, मुलापात आदि पाईन्छन् । जीवजन्तुमा मृग, हिम चितुवा, कस्तुरी, थार, बाघ, ब्वाँसो, हिमाली खैरो भालु, भालु, बाँदर, फ्याउरो, दुम्सी, बनविरालो, मुनाल, डाँफे, कालिज, ल्याचे, बनकुखुरा आदि पाईन्छन् ।

भच्चेकबजार
अजिरकोट गाउँपालिकाकाे नम्कि क्षेत्रबाट देखिएकाे बाैद हिमाल

अजिरकोट गाउँपालिकाकाे नम्कि क्षेत्रबाट देखिएकाे बाैद हिमाल र अन्नपुर्ण हिमाल

अजिरकोट गाउँपालिकाकाे चामे झरना ।

गााेरखाकाे अजिरकोट गाउँपालिकाका र लम्जुङकाे दुधपाेखरी गाउँपालिकाकाे भागमा पर्ने चेपे खाेला क्षेत्र ।

अजिरकोट गाउँपालिका-१, घ्याच्चाेक गाउँ

अजिरकोट गाउँपालिका-१, घ्याच्चाेक गाउँ

अजिरकोट गाउँपालिका-४, नम्कि गाउँ

अजिरकोट गाउँपालिका-२, खिम्पु गाउँ

अजिरकोट गाउँपालिका-५, मुच्चाेक कुसुन्डे गाउँ

अजिरकाेट गाउँपालिकाकाे प्रसिद्व पर्यटकीय स्थान- नागेपाेखरी । हरके नाचपश्चमीकाे दिनमा मेला लाग्छ ।

अजिरकाेट गाउँपालिकाकाे प्रसिद्व पर्यटकीय स्थान- नागेपाेखरी । हरके नाचपश्चमीकाे दिनमा मेला लाग्छ ।
भिडियाे
https://youtu.be/uNRrDomcCEc
तस्बिर साैजन्य : राज तामाङ
प्रतिक्रिया