काठमाडाैं- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकारणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको हाे ।
घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुदा विद्युत प्राधिकरण नाफामा जानुका साथ साथै उपभोक्ताले पर्याप्त मात्रामा विद्युत् पाएको र २४ घण्टा विद्युत आपुर्ती भएको तर कुलमान जान साथ नेपाल भर ब्यापक लोडसेडिङ भएको थियो । लोडसेडिङको चर्को मार्कमा परेका नेपाली जनताहरुले विद्युत् प्रधिकरणको निर्देशकमा कुलमानलाई पुन नियुक्त दिन पटक पटक देशभर आन्दोलन समेत गरेका थिए ।
तर ओली सरकारले यसको सुनुवाई गर्नको साटो उल्टै प्रर्दशनकारीहरुलाई प्रहरी दमन गरेर आन्दोलन निस्कृय पारेको थियो । यो संगै उपभोक्ताहरु बाध्य भएर आन्दोलन जान छाडिसकेका थिए । हालसालको विद्युत् प्रधिकरणको कुल नाफा ११ अर्व बाट झरेर ५ अर्वमा पुगेको थियो जुन कुलमान प्रधिकरणमा हुदाँ घाटाको अवस्था देखी बार्षीक ११ अर्व नाफा सहित जनतालाई २४ घण्टा विद्युत आपुर्ती सहित सक्दो विद्युत खपत गर्न समेत अनुरोध गरेका थिए ।
बास्तबमा विद्युत प्रधिकरणमा कुन खालको भ्रष्ट कर्मचारीहरुको कारणले यस्तो भईरहेको छ कुलमान हुदा नाफमा जाने अरु आउदा घाटामा जाने यो त सरासर भ्रष्टहरुले गरेको चलखेल देखीन्छ भ्रष्टहरुलाई अनुसन्धानको दायारामा तत्काल ल्याउन आवस्यक छ र अन्य ठाउमा पनि कुलमान जस्तालाई नियुक्त गर्नु आवश्यक छ
प्रतिक्रिया