काठमाडाैं- भूमि समस्या समाधानसम्बन्धी आयोगलाई सरकारले खारेज गरेपछि नेकपा एमालेका नेता लालबाबु पण्डितले आक्रोश व्यक्त गरेका छन्। उनले देवी ज्ञवाली नेतृत्वको आयोग विघटन गरेर सरकारले आफूलाई भूमिहीन र सुकुम्बासीको विपक्षमा उभ्याएको पनि जिकिर गरेका छन्।
‘मन्त्रिपरिषद बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेकोले भूमि समस्याबाट पीडित जनता र भूमिहीन सुकुम्बासीको पक्षमा देउवा सरकार नरहेको पुष्टि हुन गएको छ’, उनले भने, ‘धन्य हो गठबन्धन! छिट्टै नाश हुने जनताले बुझ्ने छन् कम्फर्टेब सरकार !
ad
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले देवी ज्ञवाली नेतृत्वको आयोगलाई विघटन गरिदिएको थियो। आयोगमा एमाले नेतृत्वको सरकारले आफ्ना कार्यकर्तालाई भर्ती गरेको थियो।
https://www.facebook.com/lalbabu.pandit/posts/5862364580503936
प्रतिक्रिया