+
Search

ताजा अपडेट +

पपुलर +

गोरु किनेर फर्कने क्रममा खोलाले बगाएर बेपत्ता

4KNationalDaily
२०७८ श्रावण २१, बिहीबार १७:३९ बजे

गोरखा- आरुघाट गाउँपालिका–१ मान्वुस्थित डुडुरे खोलाले बगाएर एक व्यक्ति वेपत्ता भएका छन् । गोरु किनेर घर फर्कदै गर्दा श्याम्चेतका स्थानीय ४२ बर्षीय सानुकमल गुरुङलाई खोलाले वगाएको हो ।

‘एक हल गोरु किनेर गोरुधनी सँगै आफ्नो घर फर्कदै रहेछन्,’ जिल्ला प्रहरी कार्यलय गाेरखाका डीएसपी प्रकाश दाहालले भने, ‘खोला तर्ने क्रममा गुरुङलाई बगाएछ ।’ गोरुधनी नरबहादुर गुरुङले छरछिमेक र निजका आफन्तलाई खबर गरेपछि प्रहरीलाई जानकारी भएको उनले बताए ।

मान्वु प्रहरी चौकीबाट खटिएको प्रहरीले टोलीले स्थानीयको सहयोगमा वेपत्ता गुरुङको खोजी कार्य गरिरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily