पाेखरा- गण्डकी प्रदेशमा थप ७०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३२७ जनाको नमुना परिक्षण गरिएकामा ७०१ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३४४ महिला र ३५७ जना पुरुष रहेका छन् ।
प्रदेशका १० जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै म्याग्दीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
उनका अनुसार कास्की १६६, बागलुङ ८८, स्याङ्जा १०५, म्याग्दी १२, पर्वत ३७, गोरखा ११३, लमजुङ १९ तनहुँमा २७ र नवलपुरमा ११२ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७० हजार ९६८ पुगेको छ ।
प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१३ का ८४ वर्षीय पुरुष, पोखरा–१५ की ५५ बर्षिय महिला, पर्वतका ७८ बर्षिय पुरुष,म्याग्दी अन्नपूर्ण–५ की ५० वर्षीय महिला र बागलुङ नगरपालिका – १४ का ३४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १२३ जना पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ७१० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ०१ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ५ हजार ८४४ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
प्रतिक्रिया