+
Search

ताजा अपडेट +

पपुलर +

एसईई परीक्षाको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

4KNationalDaily
२०७८ श्रावण २३, शनिबार १५:१६ बजे

काठमाडौं- २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज एसईई परीक्षाको नतिजा प्रकाशित गरेको हो।

कोरोना महामारीका कारण एसईई परीक्षा सञ्चालन हुन सकेको थिएन। बोर्डले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गरेको हो।

नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने बोर्डले जनाएको छ। आफ्नो सिम्बोल नम्बर १६०० मा एसएमएस गरेर गरी नतिजा प्राप्त गर्न सकिने जनाएको छ।

यस्तै www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com बाट एसईईको नतिजा हेर्न सकिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily