+
Search

ताजा अपडेट +

पपुलर +

माधव पक्षलाई बाबुरामको सुझाव : प्रतिगमनको नयाँ भेरिएन्ट आउन सक्छ, एमालेमा नफर्क

4KNationalDaily
२०७८ श्रावण २५, सोमबार ०८:२७ बजे

काठमाडाै- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको पक्ष अध्यक्ष केपी शर्मा ओली पक्ष अर्थात् मूल एमालेमा एकताबद्ध हुने तयारीमा रहेका बेला जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सचेत गराएका छन्।

प्रतिगमनलाई कोरोनासँग तुलना गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले संविधानको शरीर हत्या प्रयास गरेको पहिलो असंंवैधािनक भेरिएन्ट पराजित भए पनि पुनः संविधानको आत्मै मार्ने खालको भेरिएन्ट आउन सक्ने भएकाले ढुक्कसँग पहिलेकै पार्टी वा गुटतिर समाहित नहुन सम्बन्धित पक्षलाई आग्रह गरेका हुन्।

सामाजिक सञ्जालमार्फत गरेको उक्त आग्रहमा उनले नेपालको नाम नलिए पनि उनैलाई संकेत गरेको प्रस्ट हुन्छ। ‘कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ,’ डा. भट्टराईले भनेका छन्, ‘पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रोचाहिँ संविधानको आत्मा मार्नेगरी आउनसक्छ।अतः ढुक्क भएर आआाफ्ना पार्टी वा गुटतिर नफर्कौं।’

हाल नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते र नेकपा भंग भइसकेपछि जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत प्रतिनिधि सभा विघटन गराएका थिए। दुवैपटक सर्वाेच्च अदालतले बदर गरेपछि पुनःस्थापना भएको हो। अदालतले नै ओलीको नियुक्ति असंवैधानिक ठहर गरेपछि शेरबहादुर देउवा प्रधानमन्त्री बनेका हुन्।

नेकपा छँदा नै ओलकिो कदमविरुद्ध आन्दोलनमा उत्रिएको माधव नेपाल पक्षले एमाले ब्युँतिएपछि पनि आफ्नो विद्रोह जारी राखेको छ। तर हालैका दिनमा यो पक्ष एमाले अर्थात् ओलीसँगै एकताबद्ध हुने प्रयासमा छ। तर अझै कुरा मिलिसकेको छैन। यसै सन्दर्भमा भट्टराईले प्रतिगमनकारी पार्टी वा गुटमा ढुक्क भएर फर्किने अवस्था छैन भनेर सजग गराएका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily