+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंमा आजदेखि रातको समयमा सवारी चलाउन नपाइने

4KNationalDaily
२०७८ श्रावण २८, बिहीबार ११:५१ बजे

काठमाडौं- आज (बिहीबार)देखि काठमाडौं उपत्यकामा रातिको समयमा सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ ।

नोवेल कोरोना भाइरस (कोभिड-१९)को जोखिम बढेपछि निषेधाज्ञालाई केही कडा बनाएर राति ८ बजेपछि सार्वजनिक तथा निजी तथा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । यो नियम भदौ ८ गतेसम्म लागू हुनेछ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको निर्णय अनुसार रातको समयमा अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालन गर्न पाइने छैन । निर्माण सामग्री ढुवानीका लागि भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न भनिएको छ ।

पसलहरु पनि साँझ ७ बजे बन्द गरिसक्नुपर्ने छ भने सञ्चालनको समयमा स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ । पछिल्लो समय पुन: काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily