काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि बस्दै छ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शनिबार बिहान ११ बजे बत्तीसपुतलीको एउटा होटलमा बस्ने लागेको हो ।
पार्टी प्रवत्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गर्नेछन् । मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रले पनि मंसिरमै राष्ट्रिय सम्मेलन गर्ने भएको छ। आज शनिबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा पेश गर्नको लागि प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति सबैभन्दा धेरै आक्रोश व्यक्त भएको छ भने, नेपाली कांग्रेस सहितको राजनीतिक गठबन्धनप्रति नरम देखिएको छ। प्रचण्डले गणतन्त्र र संविधानका लागि सबैभन्दा खतरा नेकपा एमालेका अध्यक्ष केपी ओली भएको ठहर गरेका छन्।
सर्वाेच्च अदालतले व्युँताइदिएकाे माओवादी केन्द्रको पनि २०६९ सालदेखि महाधिवेशन भएको छैन। ०७३ मा १० वटा कम्युनिष्ट घटक बीचको एकता, ०७४ मा नेकपा एमालेसँग चुनावी तालमेल हुँदै ०७५ मा भएको एकतापछि महाधिवेशन गर्नै परेको थिएन । तीन महिना लगाएर तयार पारेको प्रतिवेदनमा राजनीतिक दलहरूको विश्लेषण गर्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीले लोकतन्त्र र संविधान मास्न गरेको प्रयत्नले लोकतन्त्र नै खतरामा रहेको विश्लेषण गरेका हुन्।
प्रतिक्रिया