+
Search

ताजा अपडेट +

पपुलर +

दीपाश्री निरौला निर्देशित र अभिनित मार्मिक तीज गीत ‘दिदी बहिनी’ सार्वजनिक

4KNationalDaily
२०७८ श्रावण ३०, शनिबार १०:३३ बजे

काठमाडौं- हिन्दु नारीहरुको महान पर्व हलितालिका तीज नजिकिएसँगै बजारमा तीज गीत निकाल्ने लहर पनि बढ्दै गएको छ । यसैबीच चर्चित हास्य कलाकार दीपाश्री निरौला निर्देशित र अभिनित तीज गीत ‘दिदी बहिनी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

श्रीकृष्ण बम मल्लको शब्द, संगीत रहेको ‘दिदी बहिनी’मा दीपाश्री निरौला, निर्मल शर्मा (गैंडा), गजित विष्ट, सुमन गिरी ‘भाञ्जा’ र रजनी केसीलगायत कलाकारको अभिनय छ ।

अहिलेको परिस्थितिमा तीजको बेलामा माइत जान असमर्थ रहेका चेलीहरुको मर्म र पीडालाई ‘दीदी बहिनी’ गीतको माध्यमबाट चित्रण गरी यो म्यूजिक भिडिओ तयार पारिएको भिडियो निर्माता कम्पनी म्युजिक नेपालले जानकारी दिएको छ ।

शान्तिश्री परियार, लक्ष्मी मल्ल र श्रीकृष्ण बम मल्लको स्वर रहेको गीतमा योगेश काजीको एरेन्ज रहेको छ । राजु केसीको सिनेमाटोग्राफी, गजित विष्टको कोरियोग्राफी टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाई कोरोना कहरबीच सामाजिक दूरी कायम गर्दै गीतमा आबद्ध कलाकारहरुको एक अनलाइन कार्यक्रम गरी म्युजिक नेपालको युट्युब च्यानलमार्फत बिहीबार सार्वजनिक गरिएको हो ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily