+
Search

ताजा अपडेट +

पपुलर +

२५ प्रतिशत सदस्य भए दल फुटाउन मिल्ने गरि अध्यादेश आजै जारी हुंदै

4KNationalDaily
२०७८ भाद्र १, मंगलवार १०:३७ बजे

काठमाडाैं- दल विभाजन गर्न सजिलो हुनेगरी तयार राजनीतिक दलसम्बन्धी अध्यादेश सरकारले आजै जारी गर्ने सम्भावना देखिएको छ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित सत्ता गठबन्धनले अध्यादेशको मस्यौदा तयार पारिसकेका छन्। जसमा पार्टी फुटाएर नयाँ दल खोल्न केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा एकचौथाइ अर्थात् २५ प्रतिशत सदस्य भए पुग्ने व्यवस्था गरिएको छ।

त्यो जारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले आज (मंगलबार) बिहानैदेखि पार्टीका नेताहरूसँग छलफल तीव्र पारेका छन्। स्रोतका अनुसार यसैका लागि उनले आज अपराह्न मन्त्रिपरिषद्को बैठक बस्न सक्ने भन्दै मन्त्रीहरूलाई जानकारीसमेत पठाइसकेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily