+
Search

ताजा अपडेट +

पपुलर +

गोकर्ण विष्ट भन्छन्- दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय खेदजनक छ, सबैले बिरोध गरौं

4KNationalDaily
२०७८ भाद्र १, मंगलवार १४:५८ बजे

काठमाडौं- नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक रहेको बताएका छन्। सरकारले मंगलबार खुकुलो प्रावधान राख्दै दल विभाजन सम्बन्धी अध्यादेश सिफारिस गरेपछि विष्टको यस्तो प्रतिक्रिया आएको हो।

सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै उनले यसप्रकारको प्रतिगामी निर्णयको सबैले बिरोध गर्नुपर्ने बताएका छन्।सरकारलाई अध्यादेश फिर्ता लिन बाध्य पार्नुपर्ने विष्टको भनाइ छ।

‘यसले दलभित्र उत्पन्न हुने अन्तरबिरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढंगले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्नेछ। राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्नेछ। दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ। अन्ततः यसले नेपालको राजनीतिमा दु:खद् परिणाम निम्त्याउनेछ’, विष्टले लेखेका छन्।

विष्ट एमालेभित्र नेपाल समूहमा छन्। एमालेको नेपाल समूहलाई पार्टी फुटाउन सजिलो हुनेगरि सरकारले अध्यादेश ल्याएको चर्चाकाबीच सचिव विष्टको यस्तो प्रतिक्रिया आएको हो।

https://www.facebook.com/Gokarna.bistauml/posts/4672446086108327

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily