काठमाडौं- एमालेबाट विद्रोह गरेर माधब नेपालले खोलेको नयाँ नेकपा एकीकृत समाजवादी ले निर्वाचन आयोगबाट पनि बैधानकिता पाएसंगै पार्टीको अध्यक्ष पछिको महासचिव पदको चर्चा हुन थालेको छ ।
एकीकृतको अध्यक्ष माधब नेपाल आफै छन, अब महासचिव बनाउँनु पर्ने हुन्छ । माधब नेपालाई अधिकाश दोस्रो पुस्ताका नेताहरुले छाडेर एमालेमै रहने निर्णय गरेपछि अहिले तेस्रो पुस्ताका नेताहरु पार्टीमा हावी भएका छन ।
नेकपा एसको हाइकमान्डमा नेपाल, झलनाथ खनाल, वेदुराम भुसाल, मुकुन्द न्यौपाने र प्रमेश हमाल छन् । यही कमिटीले नेकपा एसको महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।
सरकारमा सहभागी हुने मन्त्री देखि विभिन्न राजनीतिक नियुक्ति हाइकमान्डले गर्ने तय भएको छ । हाइकमान्डको बैठक राखी माधव नेपालले सरकारमा जाने ६ मन्त्रीको नाम टुंग्याउने बुझिएको छ ।
माधव नेपालको भित्री टिमका वेदुराम भुसाल र प्रमेश हमालमात्र हाइकमान्डमा छन् । भुसाल माधव नेपालका लागि जस्तोसुकै जोखिम मोल्न तयार हुने नेता हुन् । हमाल पनि माधव नेपालका प्रीयपात्र हुन् । खनालको आफ्नै टिम छ । मुकुन्द न्यौपाने पनि माधव नेपालसँग नजिकिएपनि भित्री टिमका भने होइनन् ।
त्ससमा धेरै नेताहरु छन, नाम खासैं आउँदैन तर रामकुमारी झाँक्री माधब नेपालका लागि बिम्ब बनेर उदाएकी छिन । त्यसैले पनि झाँक्री नेपालको नेतृत्वमा रहेको पार्टीको महासचिव भन्ने सक्ने सम्भावना रहेको छ । तेस्रो पुस्ताका नेताहरुले पनि दबाव दिन थालिसकेका छन् ।
प्रतिक्रिया