काठमाडाैं- नेकपा एमालेका सचिव योगेश भट्टराईले आफैंसँग भएका नेतालाई नेकपा एकीकृतको अध्यक्ष बनाएर उदाहरण देखाउन सुझाव दिएका छन् ।
नेपालले शनिवार एक कार्यक्रममा पार्टी विभाजनमा साथ नदिएका दोस्रो पुस्ताका नेताहरुलाई एमाले छाडेर आए अध्यक्ष बनाउन तयार रहेको बताएका थिए ।
नेता भट्टराईले नेपालको नाम र प्रसंग नलिई ट्वीटरमा भनेका छन्, ‘राम्रो कुरा हो,स्वागत गर्दछु । आफैंसँग भएकालाई बनाएर उदाहरण देखाइदिए झनै राम्रो हुने थियो ।’
नेपालले आफूलाई दोस्रो पुस्ताले धकेलेर पठाएको भन्दै पछाडि फर्केर हेर्दा कोही पनि नरहेको बताएका थिए । नेपालले दोस्रो पुस्ताले नै पार्टी विभाजनमा आफूलाई दबाब दिएको समेत बताएका छन् ।
उनले भनेका छन्, ‘आउनुस् केपी ओलीलाई छाडेर । म अध्यक्ष त अहिल्यै छाड्न तयार छु, पाँच वर्षपछि राजनीति पनि छाड्छु ।’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफूलाई छाडेर एमालेमै बसेका दोस्रो तहका १० जना स्थायी कमिटी सदस्यप्रति नेताप्रति आक्रामक रुपमा प्रस्तुत भएर आफूलाई दोस्रो पुस्ताले घचेटेर अघि बढाएको र पार्टी फुटाउने बेला भागेको आरोप लगाएपछी एमालेका प्रभावशाली नेता योगेश भट्टराईले यसको प्रतिवाद गरका छन।
राम्रो कुरा हो, स्वागत गर्दछु ।
आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुनेथियो ।— Yogesh Bhattarai (@yogesbhattarai) August 28, 2021
प्रतिक्रिया