काठमाडाैं- पर्यटन विभागले अटम सिजनमा मनास्लु हिमाल आरोहणका लागि ५२ जनालाई अनुमति दिएको छ। विभागले बुधबारसम्म ५२ जनालाई आरोहणको अनुमति दिएको हो।
८ हजार १६३ मिटर उचाइको हिमाल आरोहण गर्न ४ वटा टोलीले आरोहण अनुमति लिएका छन्। अटम सिजनको लागि विभागले मंगलबारबाट आरोहण अनुमति दिन सुरु गरेको थियो।
५२ जनाको टोलीमा ९ जना महिला रहेका छन् भने बाँकी पुरुष रहेको विभागले उल्लेख गरेको छ। विभागले आरोहण अनुमतिबाट ५४ लाख बढी राजस्व उठाएको छ।
गोरखासँग जोडिएको अर्काे नाम हो, मनास्लु। यो हिमाल हो र यसलाई विश्वमा ज्यानमारा हिमाल (किलर माउण्टेन)को उपमा पनि दिइएको छ। राउण्ड अन्नपूर्ण जति चर्चामा छ, मनास्लु त्यत्ति चर्चामा अझै छैन। ।
मनास्लु अथवा मनासलु (जसलाई कुताङ्ग भनेर पनि भनिन्छ) यो संसारको आठौँ अग्लो हिमाल हो, र यो मानसिरी पर्वतशृङ्खलामा रहेको छ । यो नेपाली हिमालय शृङ्खलाको एक भाग हो । यसको नामले ‘उत्साहको पर्वत’ भन्ने अर्थ राख्दछ ।
संस्कृत भाषाको शव्द मानस, जसले ‘वुद्धि’ या ‘आत्मा’ भन्ने जनाउँछ । यसको आरोहण सर्वप्रथम ९, १९५६ मा जापानी आरोहण टोलीका सदस्यहरू तासिओ इमानिसीले र ग्याल्जेन नोर्बुद्वारा भएको थियो ।
भनिन्छ नेपालमा रहेको सगरमाथालाई बेलायतीहरूले आफ्नो माने जस्तै मनासलुलाई जापानी पर्वतको रूपमा लिइन्छ । यसको उचाई ८,१५६ मिटर छ ।
प्रतिक्रिया