+
Search

ताजा अपडेट +

पपुलर +

दोर्दी गाउँपालिकालाई गण्डकीले दियाे अल्ट्रासाउण्ड मेसिन

4KNationalDaily
२०७८ भाद्र २१, सोमबार १०:१३ बजे

लमजुङ- दोर्दी गाउँपालिकालाई गण्डकी प्रदेश सरकारले अल्ट्रासाउण्ड मेसिन सहयोग गरेको छ ।

गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमका लागि अध्यक्ष ओमबहादुर गुरुङलाई मेसिन हस्तान्तरण गरेकी हुन् ।

मन्त्री अधिकारीले ग्रामीण क्षेत्रमा घरमै सुत्केरी गराउने परम्पराको अन्त्य गरी महिलाको स्वास्थ्य सेवालाई मध्येनजर गरेर मेसिन सहयोग गरिएको बताइन् ।

उनले भनिन्, ‘मेसिनकाे उपयाेगले गर्भवती, सुत्केरी आमा र नवजात शिशुको मृत्युदर कम गर्न तथा स्वास्थ्य सुरक्षाबारे जानकारी लिन सजिलो हुनेछ ।’

दोर्दी गाउँपालिकाका अध्यक्ष गुरुङले ग्रामीण क्षेत्रमा हुने नवजात शिशुको मृत्युदर र गर्वभतीको मृत्युदर घटाउन अल्ट्रासाउण्ड मेसिनले सहयोग पुग्ने बताए । अल्ट्रासाउण्ड मेसिनका माध्यमबाट गाउँको स्थानीय स्वास्थ्य चौकीमै पेटको बच्चाको अवस्था उल्टो छ कि सुल्टो भनेर पत्ता लगाउन सकिने स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए ।

प्रदेश सरकारले यसवर्ष गण्डकीका ११ वटै जिल्लामा एक/एक थान अल्ट्रासाउण्ड मेसिन वितरण गर्ने योजना बनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily