+
Search

ताजा अपडेट +

पपुलर +

ओलीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, निर्वाचन आयोगसँग माग्यो लिखित जवाफ

4KNationalDaily
२०७८ भाद्र २२, मंगलवार १३:२२ बजे

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको मुद्दामा सर्वोच्च अदालले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ ।

एमालेले माधव नेपालसहित १४ र लुम्बिनीका २ सांसद पदमुक्त गर्ने पार्टीको निर्णय कार्यान्वयन नगराएको भन्दै संघ र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध रिट दायर गरेको थियो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले उक्त रिटमा अन्तरिम आदेश दिने/नदिनेबारे छलफल गर्न २८ गते दुवै पक्षलाई झिकाउने आदेश दिएको छ।

त्यस्तै एकीकृत समाजावदीको दर्ता गैरकानूनी भएको भन्दै बदर गर्न मागसहित निर्वाचन आयोग विरुद्धको रिटमा लिखित जवाफ मागेको छ । राणाको एकल इजलासले १५ दिनभित्र निर्वाचन आयोगसँग लिखित जवाफ मागेको हो ।

आदेशअनुसार जवाफ आएको तेस्रो दिनदेखि निरन्तर सुनुवाइ हुनेछ । ओलीको रिटमा रमेश बडाल, बाबुराम दाहाललगायतले बहस गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily