+
Search

ताजा अपडेट +

पपुलर +

गोरखामा एमालेका ३ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

4KNationalDaily
२०७८ भाद्र २२, मंगलवार २०:३२ बजे

गोरखा- जिल्लाका ३ जना जनप्रतिनिधिले नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् । एमालेबाट गाेरखाका ११ वटा स्थानीय तहमा ६२ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । उनीहरूमध्ये ३ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका हुन् ।

आरुघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष नारायणध्वज खड्का, वडा नम्बर ३ का अध्यक्ष श्रीबल बराम र गोरखा नगरपालिका वडा नम्बर ८ कि वडासदस्य कल्पना नेपालीले एकीकृत समाजवादी रोजेका हुन् । उनीहरूले माधव पक्षले बनाएकाे समान्तर कमिटिमा समेत थिए ।

उनीहरुले मंगलवार जिल्ला निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । एमाले विभाजित भएपछि जनप्रतिनिधिलाई मंगलबार साँझसम्म दल रोज्ने समय दिइएको थियो । गत स्थानीय तहको निर्वाचनमा एमालेबाट १४ वडाध्यक्ष र ४८ सदस्य गरी कुल ६२ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।

जिल्लामा नै कमजाेर रहेकाे एमालेकाे पक्षमा अब ५९ जनप्रतिनिधि छन् । गण्डकी प्रदेशसभामा प्रतिनिधि निर्वाचन क्षेत्र न १ काे प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद रामशरण बस्नेत मात्रै छन् । बस्नेत गण्डकी प्रदेशका मन्त्रीसमेत भएका थिए । माओवादी केन्द्रसंग चुनावी तालमेल गरि निर्वाचित भएका बस्नेत मात्रै एमालेको सांसद हुन् । उसाे त एकीकृत समाजवादीकाे प्रदेशमै सांसद शून्य छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily