+
Search

ताजा अपडेट +

पपुलर +

माधव नेपाललाई किरण गुुरुङकाे आग्रह- गल्ती भयो भनेर माफी माग्न आए एमालेकाे ढाेका खुल्ला छ

4KNationalDaily
२०७८ भाद्र २३, बुधबार ०७:५३ बजे

गोरखा– नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुुरुङले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दलको भबिश्य नभएको तर्क गरेका छन् । मंगलबार प्रेस चौतारी गोरखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता गुरुङले समाजवादलाई दक्षिणपन्थी अवसरवादको संज्ञा दिँदै समाजवादी दलको भबिश्य नभएको बताएका हुन् ।

‘हिजोका काँग्रेसले भनेको समाजवाद, त्यसपछि विपिले ल्याएको समाजवाद, अहिले माधव नेपाल र यो एकीकृत समाजवादीले ल्याएको समाजवादमा कुनै भिन्नता छैन । अहिले उसले जुन समाजवादी कार्यक्रम भनेको छ, त्यो भनेको बैचारिक हिसाबले विर्सजनवाद नै हो । दक्षिणपन्थी अवसरवाद नै हो’, नेता गुरुङले भने ।

बिभिन्न लोभ र प्रलोभनका कारण अहिले पार्टी छाडेर अन्य दलमा गएकाहरु पनि असल कम्युनिष्टहरु अन्तत एमालेमै फर्कने उनको दाबी छ । उनले भने, ‘अहिले नयाँशक्तिको रुपमा देखेर नयाँ मान्छेहरु बिभिन्न लोभ, प्रलोभन र भ्रमको शिकार भएर अन्त गएपनि अन्तत सबै असल कम्युनिष्ट नेताहरु एमालेमै फर्किन्छन् ।’

गठबन्धनले केपी ओलीको नेतृत्व हटाएर शेरबहादुर देउवालाई नेतृत्व सुम्पिए पनि देश र जनताका लागि महत्वपूर्ण काम गर्न नसकेको उनकाे आरोप छ । उनले भने, ‘देउवा नेतृत्वको सरकारले केही गर्न सकेको छैन । अहिलेसम्म मन्त्रिपरिषद विस्तार गर्न सकेको पनि छैन, न अहिले सरकारकाले राम्रो कार्यक्रम नै ल्याउन सकेको छ । नत अघिल्लो सरकारले अघि सारेका महत्वपुर्ण कार्यक्रमहरु, देश र जनताको पक्षमा गरिएका रणनितीक निर्णय र कार्यक्रमहरुलाई निरन्तरता दिएर अगाडि बढाएको छ । देश र जनताको हकहितका लागि नयाँ खालको कार्यक्रमहरु पनि ल्याउन सकेको छैन ।’

‘अहिले राष्ट्र र राष्ट्रियता सम्बन्धी विवादास्पद कुराहरु आइरहेको छ, एउटा तुइन प्रकरणकै बारेमा सरकारले बोल्न नसकिरहेको अवस्था हो । नेपालको भूमीमा भारतका जहाजहरु उडिरहेको छ, केही बोलेको छैन । अघिल्लो सरकारले सिमा विवादको बारेमा लिम्पियाधुरा, कालापानी र लिपुलेक जुन समेटिएको थियो, त्यो सम्बन्धमा पनि अझै पनि केही बोल्न सकेको छैन । अडान लिन सकेको छैन । हिजोको सरकारले लिएको अडान पनि कायम गर्न सकेको छैन, बरु उल्टै के भइरहेको छ भने नयाँ खालको चीनसँग पनि सिमाको समस्या छ भनेर कार्यदल गठन गर्ने कामहरु भइरहेको छ । अर्को छिमेकी राष्ट्रलाई पनि चिढ्याउने काम भईरहेको छ’, उनले थपे ।

एमाले फुटे पनि तुलनात्मक हिसावले अत्यन्तै न्यून क्षती भएको उनी बताउँछन् । एमालेको विधी र बिघान विपरित गतिबिधी गर्नेहरुलाई पार्टीले कारवाही गरेपनि फर्कन चाहानेहरुलाई माफि दिने उनले बताए ।

‘हामीले एकातर्फ उनीहरुलाई कारवाही पनि गरेका छौँ । अनि अर्को तर्फ उनीहरुलाई सच्चिएर आउन चाहान्छन् भने त्यसका लागि ढोका पनि खुल्ला गरेका छौँ । कमरेड माधव नेपालले पनि अहिले आएर गल्ती भयो भनेर माफी माग्न आए भने पनि त्यसका निम्ति हामीले ढोका खुल्ला नै राख्ने छाैं । तर, विधि र विधान उंल्लघन गर्नुहुँदैन’, उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily