+
Search

ताजा अपडेट +

पपुलर +

संसद् अवरुद्ध गर्ने एमालेको तयारी, संसदीय दलको बैठक बस्ने

4KNationalDaily
२०७८ भाद्र २३, बुधबार ०८:०३ बजे

काठमाडौं- संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक बुधबार आजबाट सुरु हुँदैछ । मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि बैठक आह्वान गरेपछि दुबै सदन आजबाट सुरु हुन लागेको हो ।

सरकारले नागरिकता विद्येयक, संघीय निजामती विधेयक, राजनीतिक दलसम्बन्धी अध्यादेशलगायत अन्य १३ अध्यादेशलाई संसदमा पेश गर्ने सम्भावित कार्यसूचीमा राखेकाे छ ।

गत ३२ साउनमा संसद स्थगित गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको सरकारले एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजनको लागि ढोका खुल्ला गरिदिएको थियो ।

गत मंगलबारसम्म स्थानीय, प्रदेश र संघीय संसदलाई दल रोज्न छुट दिइएको प्रति मुख्यतः प्रमुख प्रतिपक्ष दल एमालेले आपत्ति जनाउँदै आएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले एमालेले निस्काशनका लागि कारबाही सिफारिस गरेका सांसद्को सनाखत नगरिदिएको प्रति आपत्ति जनाउँदै आएको छ । जसकाकारण, सहज ढंगले संसद अधिवेशन सूचारु होला भन्ने आशंका कायमै छ ।

संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न बुधबार बिहान संसदीय दलको बैठक बोलाइएको एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। तामाङका अनुसार बुधबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाउने गरी तयारी गरिएको छ।

नयाँ पार्टी गठन गरेका नेपालसहित १४ जनालाई सांसदबाट कारबाही गरिएको सम्बन्धमा सभामुखले ‘आवश्यक पक्रिया’ अगाडि नबढाएको भन्दै एमाले रुष्ट छ। १४ सांसदलाई कारबाही गरिएको सूचना टाँस नगरेको सन्दर्भमा बुधबारको संसद बैठकमा विरोध जनाइने एमालेका एक सांसदले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily