+
Search

ताजा अपडेट +

पपुलर +

संसद् बैठक : सभामुखलाई एमालेको प्रश्न– हाम्रो पार्टी फुटाउन किन लाग्नुभयो ?

4KNationalDaily
२०७८ भाद्र २३, बुधबार १६:३६ बजे

काठमाडौं- संघीय संसदको नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको पहिलो बैठक बसेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध सृजना गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्दैगर्दा एमालेका सांसदहरू उठेर विरोध जनाए । तत् पश्चात सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई बोल्न दिए ।

प्रमुख सचेतक भट्टराईले सभामुख सापकोटाको व्यहारप्रति औँला ठड्याए । एमाले फुटाउन सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै उनले यसबारे जवाफ मागेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily