+
Search

ताजा अपडेट +

पपुलर +

सुवास नेम्वाङका दुःख : पहिले बस्नुस् माननीयज्यू, अहिले उठ्नुस् माननीयज्यू

4KNationalDaily
२०७८ भाद्र २३, बुधबार १७:४२ बजे

काठमाडौं- सुुवास नेम्वाङ एमाले संसदीय दलका उपनेता हुन् । संसदीय दलको उपनेता हुनुभन्दा अगाडि नै उनी संविधान सभाको अध्यक्ष पनि भए ।

पहिलो र दोस्रो संविधान सभाको अध्यक्ष भएका नेम्वाङले व्यवस्थापिका संसद बैठकमा सभामुखको पनि भूमिका निभाए । उनकै पालामा संविधान सभाका सदस्यरूले बैठक कक्षका टेवुल, कुर्सी र माइकहरू भाँचेका थिए ।

संविधान सभा सदस्य तथा सांसदहरूको कयौँ अवरोध झेलेका नेम्वाङले भन्ने गर्थे, ‘माननीय सदस्यज्यूहरू बस्नुस् । तपाइँहरुको कुरा मैले सुनेँ ।’

तर, बुधबार उनै नेम्वाङ संसदको रोष्टम अगाडि उभिएर सभामुखविरुद्ध नाराबाजी गरे । सँगै रहेका आफ्नो पार्टीका सांसदहरुलाई पनि उनले नाराबाजीमा सहभागी हुन आग्रह गरे ।

बुधबार संघीय संसदको नवौँ अधिवेशन अन्तर्गत बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरूले अवरोध गरेका छन् । एमालेकै सांसदहरूको अवरोधका कारण सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily