+
Search

ताजा अपडेट +

पपुलर +

अर्थमन्त्री शर्माले घटाए बजेटको आकार, चालू आवको बजेट अब १६ खर्ब ३२ अर्ब ८३ करोड

4KNationalDaily
२०७८ भाद्र २५, शुक्रबार १६:२९ बजे

काठमाडौं- सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हाे ।

अर्थमन्त्री जनार्दन शर्माले संघीय प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रस्तुत गरेका छन्।

संसदमा तीनवटै विधेयक प्रस्तुत गर्दै पूर्ववर्ती केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको आकार अर्थमन्त्री शर्माले घटाएको जानकारी दिएका हुन्। मन्त्री शर्माले चालू आवको लागि पहिलेको बजेट घटाउँदै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए।

कुल विनियोजनमध्ये चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात् (४१.४२ प्रतिशत), पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड अर्थात् (२३.१६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात् (११.६० प्रतिशत) र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात् (२३.७२ प्रतिशत) रहेको उनले जानकारी दिए।

यसअघि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशबाट १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएका थिए। त्यसमा चालूतर्फ ६ खर्ब ६८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ७४ अर्ब र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब विनियोजन गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily