+
Search

ताजा अपडेट +

पपुलर +

सातौंपटक फेरियो कांग्रेस महाधिवेशनको कार्यतालिका, गाेरखामा कहिले हुन्छ !

4KNationalDaily
२०७८ भाद्र २५, शुक्रबार १९:३५ बजे

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि संशोधन गरिएको छ। निर्धारित समयअनुसार सबै वडामा अधिवेशन हुन नसकेपछि कार्यतालिका परिमार्जन गरिएको छ।

केन्द्रीय महाधिवेशनको मिति प्रभावित नहुने गरी तल्लो तहको अधिवेशनको मिति पर सारिएको छ। आइतबार (भदौ २७) का लागि तोकिएको गाउँ/नगर अधिवेशन असोज ९ मा हुने गरी मिति तय गरिएको छ। सातौंपटक संशोधन गरिएको कार्यातालिका अनुसार प्रदेश क्षेत्रीय अधिवेशन असोज १२ का लागि तोकिएको छ।

गाेरखामा कहिले हुन्छ ?

गाेरखामा असाेज ९ गते गाउँपालिका तथा नगरपालिका स्तरमा हुन्छ भने जिल्लाकाे ९४ वटा वडामा गत भाद्र १८ गते भएकाे छ । असाेज १२ गते प्रदेश क्षेत्रीय अधिवेशन हुन्छ भने जिल्ला अधिवेशन असाेज १८ गते ताेकिएकाे छ ।

एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन असोज १५ र त्यसभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन भने असोज १८ गते हुने गरी सारिएको छ। प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ ।

गाेरखामा २ निर्वाचन क्षेत्र र ४ प्रदेश निर्वाचन क्षेत्र रहेकाे छ भने २ नगरपालिका र ९ गाउँपालिका रहेकाे छ । केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित समयअनुसार मङ्सिर ९ देखि १३ सम्म काठमाडौंमा हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily