+
Search

ताजा अपडेट +

पपुलर +

एमालेको विधान महाधिवेशन सर्‍यो- असोज १५ देखि १७ सम्म हुने,को–को प्रतिनिधि !

4KNationalDaily
२०७८ भाद्र २७, आईतवार ०९:२२ बजे

काठमाडौं- एमालेको विधान महाधिवशेन सरेको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बसेको बैठकले विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले बताए ।

यसअघि महाधिवेशन आगामी असोज ४ देखि ६ गतेसम्म तोकिएको थियो । उनले समय अभाव र दस्तावेजको तयारी गर्नुपर्ने भएकाले महाधिवेशन सारेको बताएका छन् ।

विधान महाधिवेशनको तयारीका लागि आगामी असोज ३ र ४ गते स्थायी कमिटी र असोज ८ र ९ गते केन्द्रीय कमिटी बस्ने छ । यस्तै बैठकले अविधेशनका लागि तीन हजार प्रतिनिधि हुने निर्णय गरेको छ ।

को–को प्रतिनिधि

विधान महाविधेशनका लागि केन्द्रीय कमिटी र केन्द्रीय कमिटीका पदाधिकारीहरू, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रीय सल्लाहाकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय विभागबाट १५ जनाको सहभागिता, प्रदेश कमिटी र सो सरह मान्यता पाएका कमिटीका पदाधिकारी तथा सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी र सदस्यले प्रतिनिधिको रूपमा सहभागि हुन पाउने व्यवस्था गरिएको छ ।

यस्तै प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना सदस्य र एक जना महिला सदस्य तथा एक जना दलित सदस्यले भाग लिने छन् । पार्टीका सवै जनवर्गिय सङ्गठनबाट १० जनाले पनि विधान महाधिवेशनमा भाग लिन पाउने छन् ।

त्यस्तै प्रतिनिधी सभा र राष्ट्रिय सभाका सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका प्रमुख र उपप्रमुखमा पनि प्रतिनिधिको रूपमा सहभागि हुन पाउनेछन् । एमालेले कूल प्रतिनिधिको १० प्रतिशत प्रतिनिधि मनोनित गर्न पाउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily