गोरखा- जनता समाजबादी पार्टी (जसपा) गोरखाको अध्यक्षमा यानप्रसाद भट्ट (सरोज) चयन भएका छन् । संगठन सुदृढिकरण जागरण कार्यक्रमका बिच भट्टलाई जिल्ला अध्यक्ष चयन गरिएको हो ।
तत्कालिन एकिकृत नेकपा माओबादी केन्द्रबाट बरिष्ट नेता डा. बाबुराम भट्टराई नयाँ शक्ति निर्माण गर्ने भन्दै पार्टीबाट अलगिएपछि उनी पार्टीमा निस्क्रिय रहेका थिए ।
राजनीतिबाट अलगिएर व्यवसायिक रुपमा गाईपालनमा लागेका भट्ट फेरि जसपको जिल्ला अध्यक्षको नेतृत्व सम्हाल्दै संक्रिय राजनीतिमा फर्किएका हुन् । यसअघि नारायण खत्री जिल्ला अध्यक्ष थिए ।
प्रतिक्रिया