काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीले संघीय राजधानी काठमाडौंमा एमसीसीविरुद्ध विरोध जनाएको छ ।
काठमाडौको त्रिपुरेश्वर, लैनचौर र बबरमहलबाट नारा लगाउँदै जुलुस निस्किएको छ । जुलुशलाई विभिन्न नेताहरूले नेतृत्व गरेका छन् । प्रदर्शनकारीले राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौंजस्ता नारा लगाएका थिए ।
सुन्धारा पुगेर जुलुस केन्द्रित भएको छ । मूल जुलुसको नेतृत्व गरेका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सभालाई सम्बोधन गर्ने योजना छ ।
प्रतिक्रिया