+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा पुगेर किरण गुरुङले भने- आगामी निर्वाचनमा माओवादी र काँग्रेसलाई दियो बालेर खोज्नु पर्ने हुन्छ

4KNationalDaily
२०७८ भाद्र २९, मंगलवार ०७:४१ बजे

गोरखा- नेकपा (एमाले) स्थायी कमिटी सदस्य किरण गुरुङले आगामी निर्वाचनपछि गोरखामा माओवादी र कँंग्रेस दियो बालेर खोज्नुपर्ने अवस्था पुग्ने तर्क गरेका छन् । सोमबार गोरखा सदरमुकाममा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो तर्क गरेका हुन् ।

‘मलाई लाग्छ, अब आगामी निर्वाचनमा गोरखामा नेपाली कांग्रेस र माओवादीलाई दियो बालेर खोज्नु पर्ने अवस्था हुन्छ । एमाले शक्तिशाली पार्टीको रुपमा स्थापित हुँदै छ’, उनले भने ।

एमाले विभाजनलाई रोक्न माधव नेपाल पक्षका नेताहरुलाई पटक पटक सम्झाई, बुझाई गरे पनि उनीहरु नमानेर अर्को पार्टी खोल्न तर्फ लागेको उनले बताए ।

‘उहाँहरुलाई के लाग्दो रहेछ भने अव गोरखामा सबै भन्दा बलियो पार्टी माओवादी छ । भोलि माओवादीसँग मिल्ने हो भने चुनाव जिन्त सकिन्छ भनेर त्यता गठबन्धन गरेर लागेका हुन् । भ्रममा परेर, लोभलालचमा परेर नेकपा (एकीकृत समाजवादी)मा लागेका नेता, कार्यकर्ताहरुलाई म आग्रह गर्छु, एमालेमा फर्कनुहोस्’, उनले भने ।

उनले थपे, ‘नेकपा एमालेको शक्तिशाली कम्युनिष्ट सरकार गिराएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कार्य उहाँहरु लाग्नु भयो । यसबाट पनि प्रस्ष्ट हुन्छ, माधव नेपालले एकीकृत समाजवादी पार्टीले जुन विचार अगाडी ल्याएको छ । मलाई लाग्छ त्यो दक्षिणपन्थी अवसरवादी हो ।’

बाटो बिराएर एमाले छाडेका नेता, कार्यकर्ताहरु फर्कन चाहे सधैँ स्वागत गर्ने उनले बताए ।

‘नेकपा एमालेको छाती विशाल छ । यो विशाल पार्टी हो, विशाल नदी हो । त्यो विशाल नदीमा विष खोप्टाए पनि त्यो विषले नेकपा एमालेलाई केहि गर्दैन । समुन्दमा तपार्इँ जति विष छर्नुस् समुद्रले त्यो विष निल्छ । त्यसैगरी तपाईँ एमालेमा आउनुस, जेसुकै गरेको भएता पनि आफ्नो गल्ती सम्झेर फर्किनुस, तपार्इँहरुलाई हामी माफ दिन सक्छौँ । पार्टीमा स्वागत गर्नेछौँ’, उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily