+
Search

ताजा अपडेट +

पपुलर +

सर्वोच्चको आदेश : सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले एकीकृत समाजवादी रोज्न पाउने

4KNationalDaily
२०७८ भाद्र २९, मंगलवार १६:१७ बजे

काठमाडौं- सर्वोच्च अदालतले नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एस रोज्न पाउने गरि अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले सो अदोश दिएको हो । पाण्डे र भट्टले आफूहरू नेकपा एसमा सनाखतका लागि आयोगमा जाँदा अवसर नदिइएको भन्दै रिट दायर गरेका थिए ।

अदालतले निवेदकले नेकपा एसमा आबद्ध हुने गरी भदौ ८ गते निर्वाचन आयोगमाा निवदेन गरि दिएको भन्दै उनीहरूलाई दलमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारवाही गर्न नगराउन आदेश अन्तरिम आदेश दिएको हो ।

पाण्डे प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद हुन् भने भट्ट राष्ट्रियसभा सदस्य हुन् । अब प्रतिनिधिसभामा एमाले ९८ सिटमा घटेको छ भने राष्ट्रियसभामा २५ सिटमा झरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily