+
Search

ताजा अपडेट +

पपुलर +

सेयरबजारमा ५ अर्बको मात्रै कारोबार, सूचक दोहोरो अंकले घट्यो

4KNationalDaily
२०७८ भाद्र २९, मंगलवार १६:४२ बजे

काठमाडाैं- बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। नेप्से १८.५४ अंकले घटेर २९२९.२८ विन्दुमा पुगेको छ भने सेन्सिटिभ सूचक ३.२१ अंकले ओरालो लागेको हो। आजको कारोबारमा २ सय २२ कम्पनी सामेल भएका छन्।

मंगलबार १ करोड ६ लाख कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा ५९ हजार ८ सय ५४ पटकको खरिदबिक्रीमा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ।

आज सबै समूहका सूचक राताम्य छन्। दुईवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने लगानीकर्ताहरुले अधिकतम आज ५.५६ प्रतिशतसम्म गुमाएका छन्। आज अधिकतम २७ करोडसम्मको कारोबार भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily