काठमाडाै- विश्व फुटबलको सर्वोच्च संस्था फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको स्थान यथावत रहेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको वरीयता सूचीअनुसार नेपाल १६८औं स्थानमा छ। गत महिना सार्वजनिक सूचीमा पनि नेपाल १६८ स्थानमै थियो।
नयाँ वरियताअनुसार दक्षिण एसियाली फुटबलमा भारत सबैभन्दा माथि छ। भारत १०७औं स्थानमा छ। त्यस्तै १५८औं स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थानमा छ।
यसैगरी नेपाल तेस्रो स्थानमा रहँदा १८७औ स्थानसहित भुटान चौथो स्थानमा छ। १८९ स्थानसहित बंगलादेश पाँचौ, १९८ स्थानमा रहेको पाकिस्तान छैठौं र २०५ स्थानमा रहको श्रीलंका दक्षिण एसियामा सातौं स्थानमा छ।
यसअघि गत भदौ तेस्रो साता नेपाल र भारतले दुई मैत्रीपूर्ण खेल खेलका थिए। जसमा एक खेल बराबरी भयो भने अर्कोमा भारतले २–१ गोल अन्तरले जितेको थियो। मैत्रीपूर्ण खेल जिते पनि भारत एक स्थान तल झरेको छ। यस्तै नेपाल भने वरीयतामा यथावत रहेको हो।
फिफा वरीयताअनुसार शीर्ष स्थानमा बेल्जियम रहेको छ। दोस्रो स्थानमा ब्राजिल रहँदा तेस्रो स्थानमा इग्ल्याण्ड रहेको छ। चौथो स्थानमा फ्रान्स, पाँचौ स्थानमा इटाली, छैठौंमा अर्जेन्टिना, सातौमा पोर्चुगल, आठौंमा स्पेन, नवौंमा मेक्सिको र १० औं स्थानमा डेनमार्क छ।
प्रतिक्रिया