+
Search

ताजा अपडेट +

पपुलर +

बाबुराम भट्टराईको सुझाव : राष्ट्रिय सहमति कायम गरेर एमसीसी पारित गरौं

4KNationalDaily
२०७८ आश्विन १, शुक्रबार ०८:२० बजे

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव दिएका छन् ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेताहरु नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरी उनले यस्तो सुझाव दिएका हुन् ।

भट्टराईले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको विषय छिटो छिनोफानो गरेर सरकारलाई पूर्णता दिन र राष्ट्रिय सहमति बनाएर एमसीसी पारित गर्नुपर्नेमा जोड दिए ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गरेर बजेट पारित गर्ने वातावरण मिलाउन आग्रह गर्दै उनले अहिलेको सत्तारुढ गठबन्धनलाई संसदको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म नै लैजाने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने पनि बताएका छन् ।

जनचासो र सामाजिक मुद्दाहरुलाई प्राथमिकतामा राखेर गठबन्धनमा आवद्ध दल र सरकारले समाधान खोज्नतिर लाग्नुपर्ने भट्टराईले बताएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily