काठमाडौं- भ्वाईस अफ नेपाल सिजन-३ को ब्याटल राउन्डबाट बाहिरिएकि सन्जु मोक्तानको ‘माया कुरा सुनिदेउ’ सार्वजनिक भएको छ ।गाेरखाली गितकार तथा सर्जक ध्रुव प्रसाद अमगाईको यूट्यूब च्यानलमार्फत सार्वजनिक भएको हो ।
केहि समयअघि किरण गज्मेर र अस्मिता अधिकारीको स्वरमा ‘आँखा आँखा जुधी’ गीतले निकै राम्रो चर्चा कमाएकै बेला सर्जक अंम्गाईले एक पछि अर्कों गीतहरु सार्वजनिक गरेका हुन् ।
गाेरखाकाे फुजेलका अंम्गाईले तीन दर्जन भन्दा बढी गीतहरु बजारमा ल्याएका छ्न । नजुरेको लगन, मखमली चोली, मन खोलेर गाउँ गीत, नभुल्न सक्ने, घरमा कुरा , काले केटा-२, माया हे माया, माया तिरिरिरी, तिमीलाई सम्झेर, आँखा-आँखा जुदि उनका चर्चित गीतहरु हुन ।
गीतमा शब्द अंम्गाईको हो भने कल्याण सिहको सङ्गीत र विषम आचार्यको एरेन्जमा मोक्तान, सन्तोस बानियाँको अभिनय रहेकाे छ । सोनाम पाख्रीनले निर्देश गरेकाे भिडियाेकाे बुध्द थापाले छायाकंन गरेका हुन् ।
भिडियाे
प्रतिक्रिया