+
Search

ताजा अपडेट +

पपुलर +

कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भन्छन्- संसद्‍बाट एमसीसी जसरी पनि पास गराउनुपर्छ

4KNationalDaily
२०७८ आश्विन १, शुक्रबार १८:०७ बजे

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताएका छन्।

शुक्रबार कोशीटप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुगेका मन्त्री कार्कीले एमसीसी मुलुकको विकास र समृद्धिका लागि आवश्यक रहेको बताएका हुन्।

उनले दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढाएको भन्दै जसरी भए पनि संसद्‍बाट पास गराउनुपर्ने बताए।

उनले एमसीसी विकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्न नहुने उल्लेख गरे। एमसीसी संसद्‍बाट पास गराउनका लागि सबैबीच सहमतिको खाँचो रहेको उनले औँल्याए।

मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद् बैठकले बजेटको विषय अघि बढाउने बताए। संसदभित्रको गतिरोध हटाउने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल जारी रहेको भन्दै उनले केही दिनभित्रै राजनीतिक निकास निस्कने विश्वास व्यक्त गरे।

कोशीटप्पु वन्यजन्तु आरक्षमा आजबाट स्थापना भएको कार्यालयले मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका साथै संरक्षण तथा सम्भाव्यता अध्ययनका विषयमा काम गर्ने बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily