+
Search

ताजा अपडेट +

पपुलर +

पाँच दलीय गठबन्धनप्रति ओलीको टिप्पणी- यिनीहरू फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्

4KNationalDaily
२०७८ आश्विन २, शनिबार १६:०२ बजे

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनमा रहेका दलहरू फ्रिजबाट निकालिएका आइसका डल्ला भएको टिप्पणी गरेका छन्।

नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय बैठक र राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै ओलीले भने, ‘यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्। आफैं बनेको आइस होइन,’ उनले भने, ‘बाहिर राख्दिएपछि एकछिनमा पग्लिएर जान्छन्।’

उनले अहिलेको सरकार परमादेशबाट आएको भन्दै आलोचना गरे। ‘प्रधानमन्त्री नियुक्त हुने रित पुगेको होइन, परमादेशबाट सरकार बन्यो। अस्वभाविक उद्देश्यका लागि बनेको सरकार हो,’ उनले भने, ‘यो अत्यन्तै गैरजिम्मेवार सरकार हो। फेरि जनताको बीचमा जानुपर्छ।’

उनले चुनाव भनेपछि प्रतिगमन भनेर डराएकाहरुले १४ महिनापछि त अनिवार्य चुनाव गर्नुपर्ने अवस्था रहने भन्दै त्यसबेला के प्रतिगमन हुन्छ? भन्दै प्रश्न गरे। ‘के अब चुनाव हुँदा संविधान मिचिन्छ र?, कस्तो शासन खोजेका छन् यी तानाशाहले चुनाव टाल्ने खालको,’ ओलीले आक्रोश पोखे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily