पाेखरा- नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) का संयोजक सुमन देवकोटाले पोखरामा प्राकृतिक सम्पदा अतिक्रमण गर्नेलाई ‘नछाडिने’ चेतावनी दिएका छन्।
फेवाताललगायत प्राकृतिक सम्पत्ति हडप्नेहरूलाई कारबाहीका लागि पहिले सरकारलाई अनुरोधन गर्ने, सुनुवाइ नभए आफूहरूले नै ‘सडकमा ल्याउने’ चेतावनी संयोजक देवकोटाले दिएका हुन्।
शनिबार प्रेस संगठन (कास्की) ले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्राकृतिक सम्पदा रक्षाका लागि वाईसीएल हिजो पनि अग्रपंक्तिमा लडेको, आज पनि लड्ने र भोलि पनि लडिरहने बताए।
‘वाईसीएलले सौहारह्दपूर्ण हिसाबले हार्दिकताका साथ सरकारसँग माग गर्छ,’ उनले भने, ‘माग सम्बोधन भएन भने प्राकृतिक सम्पदालाई आफ्नो निजी सम्पत्तिका रूपमा कब्जा गर्ने अपराधीलाई सडकमा निकाल्ने काम वाईसीएलले गर्छ।’
यस क्रममा संयोजक देवकोटाले हरेक स्थानीय तहमा भइरहेका भ्रष्टाचार छानबिन गर्न वाईसीएलले ‘स्पेसल टास्क फोर्स’ बनाउने योजना रहेको जानकारी पनि दिए।
प्रतिक्रिया