+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्ड भन्छन् : एमसीसीका कारण पाँच दलीय गठबन्धन फुट्दैन, चार गतेसम्म सरकार विस्तार हुन्छ

4KNationalDaily
२०७८ आश्विन २, शनिबार १७:०२ बजे

काठमाडाैं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४ असोजपछि सरकार विस्तार हुने बताएका छन् ।

पार्टीका प्रशिक्षण कार्यक्रम पश्चात जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले सरकार विस्तारमा कुनै समस्या नरहेकाले ४ असोजपछि विस्तार हुने बताए । ‘गठबन्धनमा कुनै मतभेद वा समस्या छैन,’ उनले भने, ‘अब सरकार विस्तार हुन्छ ।’

संविधानलाई सबैमा रहेका असन्तुष्टिलाई समाधान गर्न संविधान संशोधनको विषयलाई अगाडि बढाउने प्रचण्डको भनाइ थियो ।

‘म प्रधानमन्त्री हुँदा दुई पटक संविधान संशोधनको प्रस्ताव लगेको थिएँ,’ प्रचण्डले भने, ‘तर केपी ओलि कमरेडको कारण संशोधन हुन सकेन । अब त्यस विषयलाई राष्ट्रव्यापी रूपमा अगाडि लिएर जान्छौ ।’

एमसीसीलाई संशोधन गरेर मात्र पास गर्न सकिने प्रचण्डले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily