+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्ड र माधव नेपाल मधु-कैटव हुन्, चुनावमा तालेमल हुन्न : ओली

4KNationalDaily
२०७८ आश्विन २, शनिबार १७:२३ बजे

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालका कारण संसद् विघटन गर्नुपरेको बताएका छन्। पहिलोपटक पुस ५ र दोस्रोपटक जेठ ७ मा प्रतिनिधि सभा विघटन गरेका उनले त्यसको कारण प्रचण्ड र नेपालतिर थोपरेका हुन्।

ओलीले पार्टीभित्र प्रचण्ड र माधव गुटले तालमेल गरीगरीकन कहिल्यै काम गर्न नदिएको, अस्तव्यस्त सिर्जना गरेको र तगारो हालेको आरोप पनि लगाए। उनीहरुले आफूहरुका विरुद्ध झुटा आरोप लगाइ पार्टीबाट निष्कासन गर्ने र पार्टीलाई कब्जा गर्न खोजेको उनको भनाइ छ।

‘मधुकैटभले यति वितण्डा मच्चाएका थिएनन्। तपाईंहरुले शास्त्रहरुमा सुन्नुभएको होला’, शनिबार अनेरास्ववियुको केन्द्रीय सचिवालयको पूर्ण बैठकमा सम्बोधन गर्दै उनले भने, ‘मधुकैटभ भन्ने दुइटा राक्षसहरु जन्मिएका थिए, कानेगुजीबाट निस्किएका। तिनीहरुले उपद्रो मच्चाएका थिए। प्रचण्ड र माधव भन्ने मधुकैटभले पार्टीमा उपद्रो मच्चाए। र, संसद् विघटन गर्नुपर्‍यो।’

उनले पहिलोपटक आफूले संसद् चल्दैन र चलेन भनेर विघटन गरेको उनको भनाइ थियो। दोस्रोपटक भने आफूले नभई संविधानले विघटन गरेको उनको भनाइ थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily