+
Search

ताजा अपडेट +

पपुलर +

बाबुराम भट्टराई भन्छन्- बुढीगण्डकी आयोजना नबन्दा देशलाई खर्बौको घाटा छ, निर्माणमा ढिलाइ गर्नु हुन्न

4KNationalDaily
२०७८ आश्विन ४, सोमबार १९:५४ बजे

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजना नबन्दा मुलुकलाई खर्बौ रुपैयाँ घाटा हुने बताएका छन् ।

सोमबार आयोजनाको प्रभावित क्षेत्रका वासिन्दाले शुरु गरेको धर्नामा ऐक्यवद्धता जनाउन माइतीघर पुगेका उनले आयोजना निर्माणमा ढिलाइ गर्नुको अर्थ आयोजना नै नबन्नुसरह भएको बताए ।

‘अब बुढीगण्डकी आयोजनामा ढिलो गर्नु हुँदैन, ढिलो गर्नु भनेको नबन्नु हो । देशका लागि खर्बौं रुपैयाँ घाटा हो’ उनले भने ।

अहिले आफ्नो दल जनता समाजवादी पार्टीको समेत समर्थन रहेको सरकारले आयोजना निर्माण अघि बढाउन नसक्नु लज्जास्पद भएको पनि भट्टराईले बताए ।

‘यो आयोजना नेपाल आफैंले निर्माण गर्ने भनेर अगाडि बढिसकेको थियो, पेट्रोलियम पदार्थबाट ४०/५० अर्ब रुपैयाँ जम्मा पनि भइसकेको छ’ उनले भने, ‘यस अर्थमा सम्पूर्ण नेपालीको साझा परियोजना बनिसकेको छ । यस्तो विषयमा पनि कसरी बनाउने, ठेक्कापट्टा कसलाई दिने, कसले कति कमिसन खाने भन्नेजस्ता बखेडा झिकेर परियोजना शुरु नहुनु अत्यन्त लज्जास्पद छ ।’

भट्टराईले बुढीगण्डकी आयोजना जलविद्युत योजनामात्र नभई नेपालकै ठूलो पर्यटन आकर्षणको केन्द्र हुन सक्ने बताए ।

‘बुढीगण्डकी योजना भनेको सामान्य जलविद्युत आयोजना मात्र होइन, एउटा बहुउद्देश्यीय परियोजना हो, जलासययुक्त परियोजना भएकाले फेवाताल भन्दा १५ गुणा ठूलो ताल बन्छ । र काठमाडौं पोखरा भरतपुरजस्ता ठूला शहरहरुको बीचमा रहेको यो क्षेत्र नेपालको ठूलो पर्यटनको आकर्षणको केन्द्र बन्छ’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily