+
Search

ताजा अपडेट +

पपुलर +

दलसम्बन्धी अध्यादेश खारेज नगरेसम्म मन्त्रिपरिषद् विस्तार हुदैनः उपेन्द्र यादव

4KNationalDaily
२०७८ आश्विन ४, सोमबार २१:२१ बजे

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

संसद भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले दल विभाजन सम्बन्धी अध्यादेशले अस्थिरता निम्त्याउने भएकोले त्यो निस्कृय भएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।

दल विभाजनसम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने बनाउने भन्दै उनले सो अध्यादेश खारेज हुनुपर्ने बताएहा छन् ।

‘सरकारले अब चाँडै पूर्णता पाउँछ । सरकारले पूर्णता पाउन मन्त्रालयको बाँडफाँट हुनुपर्छ, त्यो अहिलेसम्म भएको छैन’ यादवले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily