+
Search

ताजा अपडेट +

पपुलर +

सत्ता गठबन्धन भत्किन नदिन नेताहरु केपी ओली प्रवृतिबाट मुक्त हुनुपर्छ: नारायणकाजी

4KNationalDaily
२०७८ आश्विन ५, मंगलवार ०८:५२ बजे

धनुषा- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पाँच दलीय गठबन्धन भत्किन नदिन केपी ओली प्रबृत्तिबाट मुक्त हुनुपर्ने बताएका छन् ।

धनुषाको शहिदनगर नगरपालिकाको डुमरिया चोकमा नेकपा माओवादी केन्द्रद्वारा सोमबार आयोजित शहिद सूर्यनाथ रान यादवको ३६ औं स्मृति दिवसलाई सम्बोधन गर्दै नेता श्रेष्ठले भने, ‘हामीले प्रतिगमनलाई असफल पारेका छौं । त्यो केपी प्रबृत्तिबाट गठबन्धनका पाँचै दलका नेताहरु स्वंयम मुक्त हुनुपर्छ ।’

उनले गठबन्धनमा आवद्ध दलले कुनै पनि जनविरोधी, लोकतन्त्र र संविधान विरोधी काम गर्न नहुने सुझाए । उनले भने, ‘राष्ट्रहीतलाई कमजोर पार्ने कुनै पनि हामीले गर्नु हुँदैन ।’

‘शहिद सुर्यनाथ यादवले क्रान्तिको बाटो नकोरिदिएको भए राजतन्त्रको अन्त्य हुने थिएन र देशमा लोकतान्त्रिक गणतन्त्र आउने थिएन’, नेता श्रेष्ठले भने, ‘सूर्यनाथ जस्ता हजारौं शहिदहरुको बाटोमा अगाडी बढे अवश्य प्राप्त उपलब्धी संस्थागत हुन्छ र बाँकी अधिकार प्राप्त गर्न सकिन्छ ।’

विवादित बनेको एमसीसी विषयमा नेता श्रेष्ठले परिमार्जन बिना पारित गर्न नहुने पनि बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily