+
Search

ताजा अपडेट +

पपुलर +

एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक बस्दै, राष्ट्रिय राजनीतिमा स्थापित गर्ने गरी निर्णय लिने दावी

4KNationalDaily
२०७८ आश्विन ५, मंगलवार ०८:५७ बजे

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक भोलिदेखि शुरू हुँदैछ ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक भोलि अपराह्न २ बजेदेखि क्वालिटी बैंक्वेट, बुद्धनगरमा डाकिएको छ । पार्टी दर्ता गर्न जानुअघिको प्रक्रियाका लागि चन्द्रागिरीमा केन्द्रीय कमिटी बैठक बसेको थियो ।

अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने बैठक दुई दिनसम्म चल्ने छ । बैठकले पार्टीको सांगठानिक व्यवस्थापनमा महत्वपूर्ण निर्णय लिने खतिवडा बताउँछन् ।

‘यो हाम्रो पार्टीको पहिलो केन्द्रीय कमिटी बैठक हो, यसबाट हामी पार्टीलाई अझ व्यवस्थित बनाउने छौं,’ उनले भने, ‘देशैभरिका केन्द्रीय सदस्यहरुको मनोनय र कार्यविभाजनजस्ता कुरामा बैठक केन्द्रित हुन्छ । संगठनात्मक व्यवस्थापनका लागि यो केन्द्रीय कमिटी बैठक सबैभन्दा महत्वपूर्ण हो ।’

पार्टीलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्ने गरी निर्णय लिइने उनको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily