काठमाडाैं- उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप–२०२२ छनोट खेलअन्तर्गत आज (मंगलबार) नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दै छ। नेपाली समयानुसार खेल अपराह्न पौने ४ बजे उज्बेकिस्तानको जेएआर मैदानमा सुरु हुनेछ।
एसियन कपमा छनोट हुने सम्भावना कायमै राख्न नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ। त्यसाे त समूह ‘एफ’मा रहेको नेपालले छनोटका लागि आजको खेल जितेर मात्रै पुग्दैन, फिलिपिन्स र हङकङबीचको खेलमा समेत भर पर्नुपर्नेछ।
यसअघि पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ ले हारेको थियो। तीनवटै टोलीले बराबरी अंक बनाए नेपाल शीर्षस्थानमा रहन सक्छ। चौधपटक एसियन कप खेलिसकेको हङकङ फिफा वरीयताको ७६औं स्थानमा छ। नेपाल १०१औं स्थानमा छ।
प्रतिक्रिया