+
Search

ताजा अपडेट +

पपुलर +

बालुवाटारबाट आयो शुभ-संकेत, काे काे बने मन्त्री !

4KNationalDaily
२०७८ आश्विन ६, बुधबार १९:१८ बजे

काठमाडौं- लामो समयदेखि सरकार गठन नर्ग नसकेको आलोचना भइहेका बेला मन्त्रिपरिषद् विस्तारको व्यापक तयारी भइरहेको छ । सत्ता साझेदार गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले बालुवाटारमा छलफल जारी गरिरहेको हो ।

बुधबार साँझ साढे पाँच बजे सुरु भएको बैंठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायत उपस्थित छन् ।

यसअघि डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति भइसकेको छ । आजको बैठकले बाँकी मन्त्रीको टुंगो लगाउन सक्ने बताइएको छ । आलोचना खेपिरहेको देउवा सरकारका लागि यो शुभसंकेतका रुपमा हेर्न थालिएको छ । हाल १६ मन्त्रालय प्रधानमन्त्री देउवा आफैंले सम्हालिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily