+
Search

ताजा अपडेट +

पपुलर +

पूर्व मुख्यसचिव लिलामणि पौडेलको राजनीतिक टिप्पणी– एमाले र माओवादी उस्तै–उस्तै होइनन्

4KNationalDaily
२०७८ आश्विन ७, बिहीबार १७:०५ बजे

काठमाडौं– नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौडेलले राजनीतिमा आउने संकेत गरेका छन्। गृहजिल्ला गुल्मीमा माओवादी केन्द्रले गरेको एक कार्यक्रममा उनले उक्त पार्टीतर्फ झुकाव दर्शाउँदै एमाले र माओवादी आधारभूत रुपमै फरक रहेको टिप्पणी गरेका छन्।

उनले वर्तमान व्यवस्था ल्याउने शक्ति माओवादी भएको बताउँदै पछि परेको वर्ग र जातिका अधिकार स्थापित गर्नमा यही पार्टीको योगदान रहेको बताएका हुन्। उनले भने, ‘यो व्यवस्था कसले ल्याएको हो? यसको वकालत गर्ने को हो? त्यो माओवादी केन्द्र हो। पछाडि परेको वर्ग र जातिलाई राज्यको मूलप्रवाह स्थापित गर्न लड्यो।’

पछि परेका वर्ग र जातिको प्रतिनिधित्वलाई अधिकारको विषय बनाएको माओवादीसँग एमालेको तुलना नहुने उनको दाबी थियो। उनको भनाइ थियो, ‘माओवादी वामपन्थी शक्ति पनि हो, रुपान्तरणको अजेन्डा बोक्ने शक्ति हो। एमाले र माओवादी उस्तै–उस्तै हो, जता गएपनि भयो नि होइन? भन्ने लाग्ला। फरक छन्। राज्यप्रणालीको वकालत गर्ने प्रक्रियामा फरक छ।’

माओवादीले यसरी लडेर ल्याएको प्रणालीबाट भएको विकासलाई लिएर कुप्रचार भएको उनको दाबी थियो। ‘सबैभन्दा धेरै कुप्रचार त यहीँ भएको छ। राज्यसत्तासँग पौठेंजोरी खेलेर हामी विकास निर्माण गरेर काम गर्ने। दाबी उनीहरुले गर्ने। तपाईंहरु त्यही पत्याइदिने। काम गर्ने कालु, मकै खाने भालु भनेजस्तै भयो,’ उनले थपे।

यसअघि माओवादी कार्यकर्तालाई प्रशिक्षण नभएको र संगठित हुननसक्दा त्यस्तो हुनपुगेको उनको भनाइ थियो। उनले माओवादीका स्थानीय नेता कार्यकर्ताहरुलाई भने, ‘हिजो तपाईंहरुलाई प्रशिक्षण थिएन, संगठित हुनुहुन्थेन। अब यस्तो कुरा आयो भने पार्टी कमिटी बस्ने, सत्य पत्ता लगाउने, सूचना लिने र प्रतिवाद कसरी गर्ने भनेर निर्णय गर्ने गर्नुपर्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily