गायिका इन्दिरा जोशीले केही महीना पहिले मिडिया कुराकानीमा आफू सिंगल नरहेको खुलासा गरेकी थिइन् । त्यस्तै, उनले केही महीना अगाडि नै आफू २ वर्षदेखि प्रेममा रहेको भन्दै स्टाटस लेखेकी थिइन् ।
इन्दिराले लेखेकी थिइन् –‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ वर्षदेखि एकसाथ छौं र अझै कैयौं बर्ष एकसाथ अगाडि बढ्ने बाचा गरेका छौं । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं ।’
उनले प्रेमीबारे भने खुलाएकी थिइनन् । उनै इन्दिरा फेसन डिजाइनर शरद केडियासँग प्रेममा रहेको खुलेको छ । प्रेमी केडियाले हेलिकोप्टरमार्फत सगरमाथा क्षेत्रको खुम्बुमा पुगेर इन्दिरालाई प्रेम प्रस्ताव गर्दै औंठी लगाइदिएका छन् ।
इन्दिराले सामाजिक सञ्जाल फेसबुकमा शरदले आफूलाई औंठी लगाएको तस्वीर पोष्ट गर्दै प्रेमी सार्वजनिक गरेकी हुन् । उनले स्टाटस लेखेकी छन्, ‘उसले सोध्यो, तिमी मसँग बिहे गर्छौं ?’
मैले भने ‘एस’ ।
उनले अगाडि लेखेकी छिन्, ‘आई लभ यू शरद केडिया’ । सार्वजनिक तस्वीरमा उनीहरु निकै खुसी देखिएका छन् । सगरमाथा आधार शिविरमा बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन उनीहरु त्यहाँ पुगेका हुन् ।
प्रतिक्रिया