+
Search

ताजा अपडेट +

पपुलर +

सेयरबजारमा पुन: पहिरो, नेप्से ६१ अंकले घट्दा साढे ६ अर्बमा खुम्चियो कारोबार

4KNationalDaily
२०७८ आश्विन १०, आईतवार १८:०३ बजे

काठमाडौं- गत साता केही दिन उच्च अंकले बढेको सेयरबजारमा पुन: पहिरो गएको छ। साताको पहिलो कारोबार दिन आज पुँजीबजार मापक परिसूचक नेप्से ६१.२७ अंकले घटेको हो। यससँगै नेप्से २७५८.४८ विन्दुमा ओर्लिएको छ।

नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)का अनुसार आइतबार (आज) कूल छ अर्ब ५० करोड एक लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल १८६ वटा कम्पनीका एक करोड ४४ लाख ९४ हजार २६० कित्ता सेयर ७३ हजार ६९३ पटक खरिद-बिक्री भएका थिए।

कारोबार भएकामध्ये आठ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ। बाँकी १८१ कम्पनीको सूचक नकारात्मक बनेको छ भने दुई वटाको कुनै परिवर्तन भएन।

यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १०.७० अंकले घटेर ५१९.३७ विन्दुमा ओर्लिएको छ।

आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले बढेपछि सकारात्मक सर्किट लागेको थियो। आईसीएफसी फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ८.९८ प्रतिशतका दरले गुमाएका छन्।

आज अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर सबैभन्दा धेरै ३३ करोड ९५ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सोही कम्पनीको सबैभन्दा धेरै पाँच लाख ७६ हजार ८६६ कित्ता सेयर कारोबार सबैभन्दा धेरै दुई हजार ६०१ पटक किनबेच भएका थिए।

आज म्युचुअल फण्डबाहेक सबै उपसमूहको परिसूचक नकारात्मक बनेको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily